विकासको नयाँ राष्ट्रिय कीर्तिमान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाउनुभएको छ ।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गर्नुभएको हो । विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उहाँले सो कीर्तिमान १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा बनाउनुभएको थियो ।

विकासले क्लिन एण्ड जर्कमा १४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम गर्नुभयो । यसअघि उहाँले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रच्नुभएको थियो । कुलमा उहाँले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उहाँकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट हुनुभएको खेलाडी हो ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिताका दौरान हुने विश्व भारोत्तोलन महासंघको कांग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गर्नुभएको छ । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गर्नुभयोे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?