बर्जरको दशैँ तिहार अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बर्जर हाम्रो घर हाम्रो शान भन्ने नाराका साथ बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले दशैं र तिहार अफर ल्याएको छ । योजनाअन्तर्गत एकजना भाग्यशालीले पाँच लाखको बम्पर पुरस्कारका साथै थप तीनजनाले जनही एक लाख र अन्य १० जनाले १० हजार नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनाले घरधनीलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवा प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर सिँगार्ने अवसर प्रदान गर्नेछ ।

साथै डिजिटल प्रतियोगितामा भाग लिई सय उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् । योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्डलगायतका सीमित बर्जर उत्पादनमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?