सनराइज क्यापिटलको शैक्षिक पहल

इन्द्रबहादुर बराल
Read Time = 2 mins

काठमाडौं । सनराइज क्यापिटलले हालै आकांक्षी युवालक्षित तथा स्नातक विद्यार्थीलाई पुँजी बजार लगानीसम्बन्धी चेतना र ज्ञान अभिवृद्धिका लागि संस्थागत सामाजिक उत्तरदायित्व एक महत्वाकांक्षी शैक्षिक पहलको घोषणा गरेको छ ।

देशभरिका विद्यार्थीलाई लक्षित गरी नेपालका प्रत्येक प्रदेशमा साक्षरता अभियान पुर्‍याउन, व्यक्ति र संस्था दुवैलाई सशक्तीकरण गर्न र उनीहरूलाई वित्तीय साक्षरताको संस्कृतिको पालनपोषण गर्दै व्यक्ति र संस्था दुवैलाई सशक्त बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

कम्पनीले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी र संकायहरूको सहभागिता थियो । सनराइज क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका विभागीय प्रमुख विनोद आले, बिटा एनालिटिक्स प्रालिका विक्रम चित्रकार र सञ्जीव घिमिरेलगायतले प्रशिक्षण दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?