यस्तो छ- आजको विदेशी मुद्राको विनिमयदर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ८५ रुपैयाँ ६१ पैसामा कारोबार हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ५३ पैसा र सिंगापुरे डलर ९७ रुपैयाँ ३८ रुपैयाँमा कारोबार हुनेछ ।

यसैगरी, खाडी मुलुकहरुमध्ये साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा तथा कुवेती दिनार ४२९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?