नौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?