झापा लिग फुटबल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । भद्रपुर झापा गोल्डकपले झापा लिग आयोजना गर्ने भएको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा गत वर्ष फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना भएको थियो । लिग मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुनेछ । लिग १५ दिनसम्म चल्ने अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ टोेलीले प्रतिस्पर्धा गर्नेछन् । १६ टोलीलाई चार समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख र दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्रात गर्नेछन् । नकआउट चरण प्रवेशपछि प्रत्येक हरेक खेलको प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?