बोलिभियामाथि अर्जेन्टिनाको सहज जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कप्तान लियोनेल मेस्सी बिना उत्रिएको अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जित निकालेको छ ।

बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिना ३-० गोलले विजयी भएको हो । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज, निकोलास टाग्लिफिको र निकोलास गोन्जालेज एक एक गोल गरे ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक बटुलेको छ । अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको अन्य खेलमा ईक्वेडर र भेनेजुयला विजयी भएको छ । छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?