भारतमा एक नेपालीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । भारतमा बैतडीका सुरेन्द्र साउँदको मृत्यु भएकाे छ। रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताउनु भयो।

गएको चाररपाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताउनु भयाे । परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ।

मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरू पनि दिल्लीमै रहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?