सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घट्नामा परि विहिवार बिहान एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
बागमती नगरपालिका-८ गाजलीचोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका-८ शंकरपुरका ५० बर्षिय गणेश कार्की गम्भिर घाइते भइ हरिवनस्थित सरस्वती हस्पिटल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाइकल सवार हरिवन नगरपालिका-१ का ३२ बर्षिय मुकेश कुमार साह उनको श्रीमती २६ बर्षिया शान्ता कुमारी साह र ३ बर्षिया छोरी प्रिया कुमारी साह घाइते भएका छन् । प्रियाको टाउकोमा चोट लागेको छ । उनको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयाे ।
उनिहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी भइरहेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ लामिछानेले बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच