काठमाडाैं । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।
खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडी लगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ । स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताउनु भयो ।
स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिव ११ मिलियन टन हुने अपेक्षा गरिएको छ । जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो । मुख्यतया सिंचाईको लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्यांकले देखाएको छ । जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।
स्पेन सरकारले २०२३ कृषि बीमाको इतिहासमा सबैभन्दा बढी नोक्शान भएको वर्षको रुपमा अनुमान गरेको छ । कुल क्षतिपूर्ति १ अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिव ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच