खडेरीको प्रभाव : स्पेनले थप गहुँ, मकै र जौ आयात गर्ने

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।

खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडी लगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ । स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताउनु भयो ।

स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिव ११ मिलियन टन हुने अपेक्षा गरिएको छ । जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो । मुख्यतया सिंचाईको लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्यांकले देखाएको छ । जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।

स्पेन सरकारले २०२३ कृषि बीमाको इतिहासमा सबैभन्दा बढी नोक्शान भएको वर्षको रुपमा अनुमान गरेको छ । कुल क्षतिपूर्ति १ अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिव ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ काठमाडौंमा शनिबार र आइतबार २४ घण्टा ग्यास बिक्री गरिने प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाउँदैछौँ : आईजीपी कार्की प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको… कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम