पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई अनुसन्धान गर्न ४ दिन म्याद थप

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल प्रहरीले  पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि खाणँलाई गत बिहिवार पक्राउ गरिएको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?