बाटो बन्द हुँदा किसानको तरकारी कुहिँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । अविरल वर्षाका कारण भिमदत्त राजमार्ग तीन दिनदेखि अबरुद्ध भएपछि डडेल्धुराको ताजा तरकारी कुहिने अवस्थामा पुगेको छ ।

अमरगढी नगर क्षेत्रका किसानहरुले बेमौसमी रुपमा उत्पादन गरेको काउली, बन्दा काउली, टमाटर, भेडे खुर्सानी, खुर्सानी, मूला, बैगन जस्ता ताजा तरकारीहरु सोमवारको वर्षातले भिमदत्त राजमार्ग अन्र्तगत कैलाालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो गई राजमार्ग पूर्ण रुपले क्षतीग्रस्त भए पछि आवागमन बन्द हुँदा तरकारी निर्यात हुन नसक्दा किसानहरु मार्कामा परेका हुन् ।

सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने डडेल्धुराको तरकारी उपभोक्तासम्म जान नसक्दा तयार भएको तरकारी बारीमै र बिक्रिका लागि गएको बजारबाट फिर्ता हुन थाले पछि कृषक र कृषि व्यवसायी चिन्तित भएका छन् ।

बजार पठाउन लागिएको बिभिन्न तरकारी फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थाले पछि करिब ६० क्वीन्टल अथवा १५ लाख बराबरको तरकारी नोक्सानी भएको कृषक खडक बहादुर ऐरले बताउनु भयाे।

आकस्मिक रुपमा आएको वर्षातको पानीले राजमार्ग सडक नै आवतजावत अबरुद्ध हुने गरि ठूलो क्षति भएको भन्दै यस्तो प्राकृतिक विपदका बेला किसानलाई पनि कम भन्दा कम क्षतीको अनुभूति गराउन प्रदेश तथा स्थानीय सरकारसँग किसानहरुले माग राखेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?