गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् ।

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् ।

एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । एमालेले गभर्नर अधिकारीलाई एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?