अपि क्रिकेट कार्निभल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अपि स्कुलको आयोजनामा अपि क्रिकेट कार्निभल हुने भएको छ । भदौ ३० देखि असोज २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १२ विद्यालयको सहभागिता रहने स्कुलले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गरिनेछ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ । शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । सहभागी टिममा १० खेलाडी हुनुपर्नेछ भने खेल १० ओभरमा खेलाइनेछ ।

प्रतियोगितामा अपि स्कुल, युरो स्कुल, रेडेन्ट स्कुल, उज्वल शिशु निकेतन, एलआरआई, मोक्साद, एञ्जल हर्ट, निकेतन मेमोरियल, तिलिङटार, आदर्श विद्या सदन, श्री कामना बोर्डिङ र अपि एको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो खेलका रूपमा अपि स्कुल र एलआरआईबीच बिहान ९ बजे सुरु हुनेछ । अपि स्कुलका क्रिकेट प्रशिक्षक रविन जोशीले विद्यालयबीच रमाइलो प्रतिस्पर्धाका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?