टिभिएसको ‘हर मोडमा उमंग’ अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । हरेक महिना शतप्रतिशत क्यास ब्याक जित्ने अवसरका साथै एक भाग्यशालीले बम्परमा १० लाखसम्म जित्ने अवसरसमेत रहेको छ ।

कम्पनीले एक्सचेन्जमा १० हजारसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत इन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुटर घर लैजान सकिने सुविधाका साथै जीवनभरका लागि वारेन्टी सुविधासमेत रहेको छ । विजेता घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्रमार्फत् जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?