एन्फा उपाध्यक्ष लामा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधवार काठमाडाैंकाे पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

दावा लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?