संविधान दिवसमा यसपालि विभूषण घोषणा नगरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले आगामी संविधान दिवसमा नयाँ विभूषण वितरणको घोषणा नगर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३ असोजमा मनाइन लागेको संविधान दिवसमा नयाँ विभूषण वितरणको घोषणा नगर्ने निर्णय गरेको हो।

विभूषण वितरणलाई व्यवस्थित गर्न कार्यदल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको छ।

विभूषणलाई मर्यादित र व्यवस्थित गरी गरिमा बढाई राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनसमेतका अध्ययन गरी कार्यदलले प्रतिवेदन दिनेछ। तीन महिना भित्र उक्त कार्यदलले प्रतिवेदन तयार पार्नेछ ।

हरेक संविधान दिवसका अवसरमा वितरण गरिने विभूषण यसपाली राेकिएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?