नवलपरासीमा प्रहरीद्वारा २ करोड २५ लाख राजस्व संकलन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैया राजस्व संकलन गरेको छ ।

अबैध मालसामान लत्ताकपडा तथा दाल, चामल लगायतका अन्य खाद्यान्न ओसारपसार गर्ने १ ट्रक, २ पिकअप, ३ ट्रलि, ३१ वटा मोटरसाइकल र एउटा साइकल गरि ३८ वटा सवारी साधनलाइ पक्राउ गरेको छ । अबैध मालसामानबाट प्रहरीले २ करोड २१ हजार ५ सय ६५ रुपैया राजस्व संकलन गरेको छ । अबैध नदिजन्य पदार्थ उत्खननमा २३ वटा ट्याक्टर र १ वटा टिप्पर गरि २४ वटा सवारी साधन पक्राउ गरिएको छ । जसबाट ३ लाख ७४ हजार ७ सय ५० रुपैया राजस्व संकलन गरेको छ ।

स्रोत नखुलेको २० लाख रुपैया सहित १ थान मोटरसाइकलमा सवार २ जना पक्राउ परेका छ्न । अबैध वन पैदवारमा सम्लग्न ५ वटा साइकल बरामद गरेको छ । जसबाट ५० हजार राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यालय प्रमुखको रुपमा प्रहरी उपरीक्षक काजी कुमार आचार्य आएको १ सय दिन पुरा भएको छ अवसरमा आयोजना पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?