सिमेन्ट उद्योगमा मेसिनले ठक्कर दिँदा मजदुरको मृत्यु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको धुनिबेशी नगरपालिका– ९ जुगेडिम रहेको युनाइटेड सिमेन्ट उद्योगमा मेसिनले ठक्कर दिँदा एकजना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमेन्ट उद्योगमा काम गर्ने भारतका ३८ वर्षीय जितेन्द्र राम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

मेसिनले ठक्कर दिँदा घाइते भएका जितेन्दको उपचारको क्रममा काठमाडौंस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव मोनमोहन अस्पतालमा राखिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?