मोटरसाइकल दुर्घटनामा अखिलका दुई नेताको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरूलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो।

खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?