सेन्ट जर्जमा बाल दिवस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलले विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ । विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईंले २१औँ शताब्दीमा बालबालिका निकै नै सक्षम र सीपमा प्रखर हुनुपर्ने बताउनुभयो ।

विद्यालयले बालबालिकालाई ‘गर र सिक’ भन्ने मूल मन्त्रसाथ हरेक क्रियाकलापमा सरिक गराउने गरेको र बालबालिकालाई आफ्ना अभिभावक, गुरुवर्ग र मान्यजन सबैलाई आदर गर्न, सानालाई माया गर्न, समाजसेवामा लाग्न प्रेरणा दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो । सो अवसरमा बालबालिकाले सांगीतिक प्रस्तुति पनि गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?