जातीय समाजबीचको एकतामा जोड

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ताम्राकार समाजको २५औँ सामूहिक भेला तथा १९औँ वाषिक साधारणसभा शनिबार जावलाखेलस्थित उग्रचण्डीमाई ताम्राकार कूलदेवता परिसरमा सम्पन्न भएको छ ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले कार्यक्रमको उद्घाटन गर्दै ललितपुरका सबै जातीय समाज एकताबद्ध भई सक्रिय हुनुपर्ने बताउनुभयो । त्यसका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जातीय समाजको क्रियाशीलताका लागि महानगरपालिका सदैव सहयोगी रहेको बताउनुभयो ।

समाजका अध्यक्ष विनोद ताम्राकारले दलीय आस्था, थरका हिसाबले फरक–फरक भए पनि समग्र नेवाः समुदायको एकता र हकहितका लागि जातीय समाजबीच आपसी सहकार्य र समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो । ललितपुरका नेवाः समुदायभित्र रहेका विभिन्न जातीय समाज सहअस्तित्व र समानताका लागि जागरुक नभएसम्म सामूहिक लक्ष्य हासिल गर्न नसकिने भन्दै ताम्राकार समाज सोही संस्थागत विकासमा प्रतिबद्ध रहेको बताउनुभयो ।

ललितपुरका २१ वटा जातीय समाज एकै ठाउँमा अटाउने गरी स्थापना गरिएको यल नेवाः समाजका संयोजक कृष्णदास कमाचार्यले यल नेवाः समाज जातीय समाजबीचको सामूहिक भावनाको ठोस अभिव्यक्ति रहेको भन्दै यसलाई हुर्काउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न जातीय समाजका प्रतिनिधि, नेपाल भाषा मंकाखलका अध्यक्ष हिराकाजी महर्जन, ताम्राकार समाजका निवर्तमान अध्यक्ष रवीन्द्रराज ताम्राकार, पूर्वअध्यक्ष र सदस्यलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?