विभित्र स्थानबाट लागुऔषधसहित चारजना पक्राउ 

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभित्र स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

झापाको बुद्धशान्ती गाउँपालिका ७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २८ को आषिश राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठा तलासी लिने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

पर्साको विराटनगर महानगरपालिका २ ईदगाह चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४७ पिस, नुर्फिन १ सय ४७ पिस र फेनारगन १ सय ४७ पिससहित बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय प्रदिप बोहरा क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सप्तरीको बलानबिहुल गाउँपालिका १ मल्हनियाँ स्कुलटोलस्थित सडकबाट फेनारगन १ हजार १ सय ७५ एम्पुल, डाइजेपाम १ हजार १ सय ७५ एम्पुल , बुप्रेनुर्फिन १ हजार १ सय ७५ एम्पुलसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र रामलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले स.१ ह ३६८६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक रामलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका थप १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?