गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शुक्रबार राति काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी रहेका छन्। हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो।

सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो।

उनी बोल्न नसक्ने‍ र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।

उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले पनि कपडामा लागेका रगतका छिटाहरु रहेको उहाँले बताउनु भयो ।

केही दिन अघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो ।

शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे।

त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन्। थाहा पाउने डरले दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या गरेका थिए।

उनीमाथि सांकेतिक भाषाविज्ञ झिकाइ अनुसन्धान गरिएको र थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?