बार्सिलोनाको सानदार जित

Read Time = 3 mins

बार्सिलोना । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसमाथि ५-० को सानदार जित हात पारेको छ । बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबर्ट लेवान्डोस्की, फेरान टोरस, राफिन्हा र जोआओ क्यान्सेलोले समान एक-एक गोल गर्नुभयो ।

सधैंझैँ सुरुवातदेखि नै बलमा कब्जा जमाएको बार्सिलोनाले खेलमा अग्रता भने २५औँ मिनेटमा लिएको थियो । यही सिजन लोनमा भित्रिएका पोर्चुगिज खेलाडी जोआओ फेलिक्सले क्लबका लागि पहिलो गोल गर्दै खेलमा अग्रता दिलाउनुभएको थियो ।

३२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले अग्रता दोब्बर बनाउनुभयो । ६२औँ मिनेटमा फेरान टोरेसले उत्कृष्ट फ्रि-किक प्रहार गर्दै तेस्रो गोल गर्नुभयो । ६६औँ मिनेटमा राफिन्हाले मैदान पसेको तीन मिनेटमा अर्को गोल थप्नुभयो । ८१औँ मिनेटमा अर्का नयाँ अनुबन्धित पोर्चुगिज खेलाडी जोआओ क्यान्सेलोले पाँचाँै गोल गर्नुभयो ।

जित हासिल गरेको बार्सिलोना लालिगाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको पाँच खेलमा १३ अंक रहेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकसहित दोस्रो स्थानमा छ । म्याड्रिडले आज राती रियल सोसिडाडको सामना गर्नेछ । उता हार बेहोरेको रियल बेटिस भने सात अंकसहित नवौँ स्थानमा छ ।

यता इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडविरुद्ध २-१ को जित निकाल्यो । हट्सपरका लागि रिचार्लिसनले १ गोल गर्नुका साथै १ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभयो । यस जितसँगै पाँच खेलमा चार जित र एक बराबरीसहित टोटेनहम १३ अंक जोडेर दोस्रो स्थानमा छ । सेफिल्ड भने पाँच खेलमा एक अंकका साथ १७औँ स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटन एण्ड होभ आल्बियनसँग ३-१ हो हार ब्यहो¥यो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १-१ गोल गर्नुभयोे । युनाइटेडका हृयानिबल मेज्ब्रीले दोस्रो हाफमा गरेको गोल सान्त्वनामै सीमित भयो ।

यस जितसँगै ब्राइटन पाँच खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै पाँच खेलमा ६ अंकका साथ १२औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?