नाम्चेमा पनि नबिलको शाखा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले २६५औँ शाखा सोलुखुम्बुको नाम्चेमा विस्तार गरेको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिअनुसार नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा संयुक्त रूपमा उद्घाटन गर्नुभएको भएको हो । अध्यक्ष पौड्यालले नाम्चेमा व्यवसाय विस्तारमात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येयले शाखा विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रा लागि खुसीको क्षण हो ।’

प्रमुख कार्यकारी अधिकृत ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताउनुभयो । सो अवसरमा वडा सदस्य न्वाङ शेर्पा, सीमा प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राईलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?