छुरा रोपेर एक युवाको हत्या तिन जना घाइते

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्याभएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझदुई समूहबीच विवाद हुँदा तिलोत्तमा-९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश साङताङको मृत्यु भएको हो ।

यसैगरी घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका-१ का विकास वाईवा, मकवानपुर गढी गाउँपालिका-६ का राजु तामाङ र मकवानपुरकै हस्ता सिंह रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । ‘दुई समूहबीच आपसी विवाद हुँदा घटना भएको देखिन्छ, यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’-थापाले भन्नुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?