जुम्ला पुगेर उपमहासचिव यादवले भने : अबको चुनावमा माओवादी पहिलो पार्टी बन्छ

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवले अबको चुनावमा माओवादी पहिलो पार्टी बन्ने बताउनु भएको छ ।

मंगलबार जुम्ला सदरमुकाम खलंगा बजारमा नेकपा माओवादी केन्द जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा तीन महिने अभियान सचिवालयको विस्तारित बैठकमा बोल्दै उपमहासचिव यावदले भन्नुभयो,“कर्णाली प्रदेश आर्थिक स्रोतको सम्भावना भएको प्रदेश हो । यहाँबाट उत्पादन हुने रैथाने बालीदेखी जडिबुटीलाई तेस्रो मुलकसम्म बजारीकरण गर्न सरकारले सहज वातावरण गरिदिएको खण्डमा स्थानीय व्यापारीदेखी किसानलाई राहत हुने छ । जुम्लाको अर्गानिक स्याउ, मार्सीधान लगायतलाई विश्व बजारसम्म पु¥याउन सके यहाँका किसानको आर्थिक स्रोतमा निकै टेवा पुग्ने भएकोले तीनवटै सरकारको सहकार्य र समन्वयबाट काम गर्न अति आवश्यक रहेको छ । ”

पार्टीको तीन महिने जनतासंग विशेष रुपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन जुम्ला पुग्नुभएको उपमहासचिव यादवले देशभर उत्साहजनक रुपमा अभियान संचालन भएको छ । प्रचण्ड सरकारले गरेका राम्रो कामको प्रचारप्रसार गर्ने आम जनतासामु पु¥याउनका लागि केन्द्रीय तहका नेतानै वडामा खटिनु भएको छ । जनताको माग, सुझावलाई समेत आत्मसाथ गर्दै पार्टीलाई बलियो जनमुखी बनाउन पार्टीका कार्यकर्ताको भुमिका महत्वपुर्ण हुने उपमहासचिव यावदले बताउनु भयो । जनताको हितमा सरकारले काम गर्दा–गर्दै केही शक्तिले गतल प्रचार गरेको उहाँले बताउनु भयो ।

सरकारले पछिल्लो समयमा केही नमुना काम पनि गरेको छ । जनताप्रति प्रचण्ड सरकारले गरेका सकारात्मक सन्देश प्रवाह गर्ने पार्टीले संचालन गरेको तीन महिने अभियानमार्फत जनतासम्म पु¥याउन आजको आवश्यकता रहको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताउनुभयो ।

पार्टीभित्र गुटउपगुट रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले आजको मितिबाट विर्सेर अन्तरात्माको कुरा सुनेर पार्टीमा काम गर्ने जिल्लाका नेताहरुलाई निर्देशन दिएको कर्णाली प्रदेश अध्यक्ष केसीको भनाइ छ । जुम्लाबाट पार्टी एकताको सन्देश बोकेर आउने निर्वाचनमा पहिला पार्टी हुने गरि अभियान संचालन भइरहेको जुम्ला जिल्ला इन्चार्ज छिमी लामाले जानकारी दिनुभयो ।

जनजनमा माओवादी मनमनमा माओवादीको मुल नाराका साथ जनतासंग माओवादी तीन महिने अभियानको गतिविधिबारे जुम्लाका आठवटै स्थानीय तहका पार्टी अध्यक्षले रिपोर्टिङ गरेको नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला संयोजक विरबहादुर कुवँरले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?