प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ । अधिकारीको ७६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । लमजुङ दुरडाँडामा जन्मिनु भएका अधिकारीले बसाईसराई गरेर कर्मथलो चितवन बनाउनु भएको थियो । अधिकारीको मंगलबार उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँ बिगत लामो समयदेखि पक्षघातको समस्याले अस्वस्थ हुनुहुन्थ्यो ।

२०३४ सालमा विपी कोइराला अमेरिकाबाट उपचार गरेर फर्कने क्रममा विमानस्थलमा स्वागत गर्न जानुभएका अधिकारी प्रहरीको कुटाईबाट सबैभन्दा बढी घाइते हुनुभएको थियो । उहाँले राष्ट्र पुकार र नेपालवाणीमा काम गर्नुभएको थियो भने प्रवाह साप्ताहिक उहाँद्वारा सञ्चालित पत्रिका हो । प्रजातान्त्रिक आन्दोलनमा लमजुङदेखि चितवन हुँदै काठमाडौंसम्म उहाँ सकृय रहनुभएको थियो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन पूर्वमन्त्री रामबहादुर गुरुङसहित लमजुङ र चितवनका विभिन्न राजनीतिक दलका नेता र पत्रकार पशुपति आर्यघाटमा पुगेका थिए । उहाँका दुई छोरामध्ये जेठो छोरा विनोद अधिकारी पनि पत्रकार हुनुहुन्छ । उहाँ भारतीय टेलिभिजन एनडीटिभीको नेपाली संवाददाता हुनुहुन्छ । उहाँको एक श्रीमति पनि हुनुहुन्छ ।

यसैबीच, नेपाल प्रेस युनियन केन्द्रीय समितिका महासचिव दिलीप पौडेलले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यस्तै उहाँले शोकसन्तप्त अधिकारी परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गर्नुभएको छ । यस्तै नेपाल प्रेस युनियन चितवन शाखाले पनि अधिकारीको निधनमा शोक बक्तव्य जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?