काठमाडौं उपत्यकामा द्रुत बस सेवाको उद्घाटन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ ।

संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो ।

द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ ।

उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायतले यात्रा गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?