गुल्मीमा जीप दुर्घटना, चार जना घाइते, एकको अवस्था गम्भीर

हिमालय टाइम्स
Read Time = 1 min

गुल्मी । जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तमघासदेखि मदाने गाउँपालिका(१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका-४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका-१  अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही ठाउँका २१ वर्षीय नवीन बुढा, सोही ठाउँकै २८ वर्षीय चन्द्र मगर र मदाने गाउँपालिका-१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी रहेका छन्।

घाइतेमध्ये यम बहादुर बुढाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?