सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।सामूहिक बलात्कारको आरोपमा डडेल्धुरामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरू सबै भागेश्वर गाउँपालिका– ३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम बताएको छैन । घटनाबारे प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?