राउटे मुखियाका प्रतिनिधिले मुख्यमन्त्रीलाई भेटेर भने : हाम्रा जनतालाई दशैंमा खसी खान पैसा दिनुपर्‍याे

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसंग भेटघाट गरेका छन् ।

विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीर मुख्यमन्त्रीबीच भेटघाट भएको हो । राउटे शाहीले सरकारसंग दशैं खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशैं खर्च दिन आग्रह गर्नुभएको छ ।

'अब दशैं आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो, उहाँले भन्नुभयो ८६ घर जनता छ, खसी खान सरकारले २ लाख दिनु पर्छ । सबै मत्रीहरुले हामीलाई दशैं खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।' उहाँले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशैं खर्चका लागि दाङ आएको बताउनुभयो ।

'तिज खर्चकै लागि आएका हौँ, उहाँले भन्नुभयो, तिज गइगो अब दशैं खर्च जुटाउनु परेको छ ।' मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले दशैं खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताउनुभयो ।

राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भन्नुभयो, २/३ दिनमा सरकारको केहि सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?