मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

सल्यान । सल्यानमा गत भदौ ३० मा मृत भेटीएका आमा छोरीको हत्या भएको पुष्टि भएको छ । त्रिवेणी गाउँपालिका २ झालेढुंगामा भाद्र ३० गते ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापा मृत भेटिएका थिए ।

ग्याँसचुलोबाट आगोले जलेर मृत भेटिएका भनिएका आमा छोरीको हत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँ निवासी २९ वर्षीय कर्ण बहादुर बस्नेतलाइ बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

प्रेमको इगो साँध्नको लागि अभियुक्तले रेवतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीले बताउनुभयो । कर्ण र रेवती बीच करिब ७ वर्ष अगाडी प्रेम रहेको र बीचमा झगडा परेर छुट्टिएपछि इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले प्रहरीमा बयान दिएको डिएसपी कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?