क्यानडामा संगीतयात्रा गर्दै नेपथ्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपथ्यले क्यानडामा संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिका अनुसार अक्टोबर १ तारिखमा नेपथ्यले आफूलाई क्यालगरी शहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर शहरको ‘दी भोग थिएटर’मा हुनेछ । यी दुवै शहर क्यानडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख ब्याण्ड टोरन्टोकै ‘म्यासी हल’मा प्रस्तुत हुने जनाइएको छ ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानडा नेपथ्यको १७औं गन्तव्य राष्ट्र हुनेछ ।

क्यानडाको तीनवटै कन्सर्टमा ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?