पहिलो ब्याचका खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो ।

क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनको क्रममा उहाँहरूलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरूलाई सम्मानपत्र प्रदान गर्नु भएको हो ।

पहिलो ब्याचका खेलाडीहरू उत्तमकुमार कर्माचार्य, लेखबहादुर क्षेत्री, मनिषराज पाण्डे, वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर, विशाल गुप्ता र रितेश बराल हुनुहुन्छ ।

उत्तमकुमार कर्माचार्य नेपालका पहिलो कप्तान हुनुहुन्छ । त्यस टोलीमा वसन्त शाही ठकुरी वर्तमान नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक हुन् । जगत टमाटा यू-१९ टोलीका मुख्य प्रशिक्षक हुनुहुन्छ । सञ्जय गुरुङ नेपालका ओडिआई खेलाई सकेको अन्तर्राष्ट्रिय अम्पायरसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?