डेंगु संक्रमितको संख्या भोजपुरमा दैनिक बढ्दै, जिल्लाभर ४० संक्रमित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि दैनिक डेंगु संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

जनस्वास्थ्य समस्याकोरुपमा देखिएको डेंगु संक्रमणबाट भोजपुरमा सोमवारसम्म ४० जनामा संक्रमित देखिएको छ । जसमा गर्भवती महिला समेत रहेका छन । स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार सवै भन्दा बढी भोजपुर नगरपालिकामा ३० जनामा संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल भोजपुरमा एक सय ७ जनामा परिक्षण गर्दा ३० जनामा डेंगी संक्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ जना, टेम्केमैयुङ गाउँपालिकामा दुई जना र रामप्रसाद राई गाउँपालिकामा एक जना र र उत्तर साल्पासिलिछो गाउँपालिकामा एक जना डेंगुबाट संक्रमित छन् ।

जिल्लामा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाहरुलाई बिषादी बितरण गरिएको छ भने पालिकाहरुलाई परीक्षणका लागि किटहरु समेत बितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । पालिका भित्र दुई जनामा संक्रमण देखिए पछि बिषदी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

क्रमिकरुपमा संक्रमणको दर बढी रहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनु पर्ने जिल्लावासीको माग रहेको छ । डेंगु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरु जिल्लामा संचालन हुन नसकेको सामाजिक अभियन्ता घमचन्द्र दाहालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?