काठमाडौं । मेटलाइफ नेपालले आफ्नो लिगेसी ट्री कार्यक्रम घोषणा गरेको छ, जहाँ कम्पनीले जीवन बिमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने वाचा गरेको छ । रूखले बिमितको स्मृतिलाई सम्मान गर्छ, साथै वन विनाशको लडाइँ, सफा हावा र जनावरका लागि बासस्थान र भूमि संरक्षण प्रदान गर्छ ।
जीवन बिमा दाबी भुक्तानीपछि कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गर्ने भएको छ । मृतकलाई सम्मानका साथै कार्यक्रमअन्तर्गत रोपिएका रुखले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पु¥याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ ।
कम्पनीका अनुसार आर्बर डे फाउण्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले कार्यक्रम सञ्चालन गर्नेछ । २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि सो क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा सात हजार रुख रोपिएका छन् । जब बिरुवाले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्छ । बारा वन फँडानी र नदीजन्य उत्खनन्ले विनाशको चपेटामा परेको छ, जसले वातावरणीय पूर्वाधारलाई खतरामा पारेको छ ।
कटानले सडक र बिजुलीका पोल जोखिममा पारेको छ भने बाढी र नदीको क्षतिले घर, व्यवसाय र ताजा आपूर्ति जोखिममा पारेको छ । लिगेसी ट्री कार्यक्रममार्फत् रोपिएका सात हजार रूख आर्बर डे फाउण्डेसनले लगभग सात सय ६४ मेट्रिकटन कार्बन डाइअक्साइड निकाल्ने, लगभग तीन हजार दुई सय २० ग्यालन पानीको बहाव रोक्ने र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषक हटाउने अनुमान गरेको छ ।