दुगड पावर र टाटा पावरबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालको नवीकरणीय ऊर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड र दुगड पावर फोर्जबीच सम्झौता भएको छ । पावर नवीकरणीय ऊर्जा लिमिटेड (टिटिआरइएल) नवीकरणीय ऊर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो, जसले दुगड ग्रुपको भगिनी कम्पनी दुगड पावर प्रालिसँग सहकार्य सुरु गरेको हो । सहकार्यले नेपालमा द्रुत रूपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टिटिआरइएलको रणनीतिक प्रवेशका साथै दिगो विकासमा नेपालले चालेका कदमलाई मात्रात्मक रूपमा बढाउन एउटा आधार तयार गर्ने बताइएको छ ।

भारतका पावर कम्पनीमध्ये सबैभन्दा ठूलो टाटा पावरको एउटा भगिनी कम्पनी टिटिआरइएल हो । उक्त सहकार्यले दुगड पावरलाई नेपालमा सुरुदेखि अन्त्यसम्मको दिगो ऊर्जा उत्पादनमा कोशेढुंगा बन्नमा मद्दत गर्ने कम्पनीले जनाएको छ । सेल्स तथा मोडुल्स, इञ्जिनियरिङ, खरिद र निर्माणलगायत नेपालभित्र हुने कार्य सञ्चालन र मर्मत सुधारमा टिटिआरइएलले प्रदान गर्ने सेवाको विविधीकरणका लागि ढोका खोल्छ ।

सो अवसरमा टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले भन्नुभयो, ‘दुगड पावरसँगको यो साझेदारी नेपालको ऊर्जाको क्षेत्रको इञ्जिनियरिङलाई पुनर्परिभाषित गर्ने रणनीतिक एकता हो, जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजारभित्र प्रवेश गर्दछौँ, एउटा परिवर्तनशील प्रभाव रहोस् भन्ने हामी चाहन्छौँ । दुवै कम्पनीसँग रहेका स्रोतहरू र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौँ ।’

दुगड पावर प्रालिका व्यवस्थापकीय निर्देशक अभिषेक दुगडले भन्नुभयो, ‘टाटा पावर नवीकरणीय ऊर्जासँगको हाम्रो सहकार्य नेपालको ऊर्जा क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्मनिर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पुर्‍याउने कुरामा हामी प्रतिबद्ध छौँ । नेपालको दिगो ऊर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिबद्धता उजागर गर्ने दस्तावेज यो साझेदारी हो ।’

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभर नै तीन जिडब्लुभन्दा बढीको सेल र मोडुल बेचेको छ । ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला कम्पनीलाई ऊर्जा दिएको छ । दुगड पावरले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा दक्षता हालिस गर्छ । दुवै कम्पनीले संयुक्त रूपमा नेपालको ऊर्जा समाधानका लागि रूपान्तरणकारी कार्य गर्न क्षमता राख्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?