महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिँदै गएका छन् ।

उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन्, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको आयोवामा आफ्नो चुनावी प्रचार गरिरहेका थिए, त्यही क्रममा अचानक उनी एउटा रेस्टुरेन्टमा पुगेका थिए ।

रेस्टुरेन्टमा एक महिला वेट्रेसले ट्रम्पलाई अटोग्राफ दिन आग्रह गरे, ट्रम्पले पनि त्यसै गरे र अटोग्राफ दिए तर उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए। यद्यपि महिला स्वयंले उनलाई त्यसो गर्न भनेकी थिइन् ।
अहिले ट्रम्पको यो व्यवहारको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यसको चर्को प्रतिक्रिया आएको छ ।

ट्रम्पले महिलाको छातीमा अटोग्राफ दिएको यो पहिलो पटक भने होइन, यसअघि पनि २०१५ मा चुनावी प्रचारका क्रममा उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए ।

डोनाल्ड ट्रम्प अमेरिकाको आगामी चुनावको लागि निरन्तर प्रचारप्रसार गरिरहेका छन् र देशको कुना कुनामा पुगेर चुनावी प्रचार गरिरहेका छन्।
अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरु ट्रम्पलाई राष्ट्रपति बनेको हेर्न चाहन्छन् ।

यससँगै सर्वेक्षणको एउटा प्रश्नमा देशलाई राष्ट्रिय संकटबाट निकाल्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका थिए  जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?