ललितको स्थानमा सागरले खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । घाइते स्पिनर ललितनारायण राजवंशीको स्थान सागर ढकालले लिने हुनुभएको छ । यसै साता ललित टियु क्रिकेट मैदानमा अभ्यास खेलका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते हुनुभएको थियो । ललितको बायाँ हातको ब्यूटीबोनको शल्यक्रिया गरेपछि नेपालले १९औँ एसियाली खेलकुद खेल्न सागरलाई टोलीमा समेट्ने भएको हो ।

बायाँ हाते युवा स्पिनर सागरले नेपालबाट ८ ओडिआई र २ टी-२० आई खेल खेल्नुभएको छ । सागरले २०२२ मार्चमा आइसिसी विश्वकप लिग २ मा शारजाहमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यु गर्नुभएको थियो ।

पछिल्लोपटक २०२२ डिसेम्बरमा उहाँले स्कटल्याण्डविरुद्ध खेल्नुभएको थियो । डिसेम्बरमा नामिबिया भ्रमणपछि उहाँ टोलीमा हुनुहुन्छ । स्पिनर सन्दीप लामिछाने र ललितको जोडीले लगातार राम्रो प्रदर्शन गरेपछि सागर बाहिरिनुभएको थियो । नेपाली क्रिकेट टोली आइतबार चीन जाँदैछ । १९औँ एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा हुँदैछ ।

पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ए, बी र सीबाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ‘ए’ मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?