कलंकीमा केएफसीको विशेष आउटलेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देवयानी इन्टरनेसनल नेपाल प्रालिले पहिलो विशेष केएफसी रेष्टुरेन्ट काठमाडौंको कलंकीमा सञ्चालनमा ल्याएको छ । जसमा अधिकांश टोलीका सदस्य विशेष क्षमताका व्यक्तिहरू कार्यरत छन् । देवयानी इन्टरनेसनल लिमिटेड र केएफसी नेपालले यस्ता रेस्टुरेन्ट अझै थप गर्ने प्रतिबद्घता जनाएका छन् ।

सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका अवसरमा देवयानी इन्टरनेसनल नेपाल प्रालिले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी स्टोर सञ्चालनमा ल्याएको हो ।

केएफसी इण्डिया र नेपालका सिइओ रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका कर्मचारीद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्न पाएकोमा खुसी व्यक्त गर्दै परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो एक संस्थाका रूपमा देवयानी इन्टरनेसनल नेपालका लागि महत्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ, विविधता र समावेशिताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौँ ।

हामी प्रोसी मिसन नेपालप्रति आभारी छौँ, जसको संयोजनले उहाँहरूसँग काम गर्ने मौका पाएका छौैँ । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीको अवसर विस्तार गर्ने र आगामी वर्ष त्यस्ता रेस्टुरेन्ट थप्ने वाचा गर्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?