यस्तो छ– आजको विदेशी विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८१ पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ २८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६७ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ३७ पैसा, बिक्रीदर ९८ रुपैयाँ ८१ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.३८ पैसा र विक्रीदर ४३०.३२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?