-राजकुमार कार्की
ओखलढुंगा । अहिलेको सरकारलाई जुनसुकै अवस्था आए पनि टिप्पेर मिल्काउनु पर्ने अवस्था आएको पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
शहिद गुरु लुइटेल स्मृति पार्क उद्घाटन गर्न ओखलढुंगा आईपुग्नु भएका अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
अहिलेको सरकारले जनतालाई नभई सुनलाई मात्रै हेर्ने गरेको आरोप लगाउनु भयो । पहिला पहिला बुढाबुढीले माटो छुँदा अन्न होस्, ढुंगा समाउदा द्रब्य होस् भन्दै आशिष दिन्थे अहिले माओबादीको सरकारले जे छोयो त्यो सुनै सुन भएको छ ‘उहाँले ब्यंग्यात्मक शैलीमा भन्नुभयो ।’
माओबादी नेतृत्वको सरकार, क्रान्तिकारी, परिवर्तनकारी नेतृत्वको सरकार, भ्रष्टाचारी र तस्करी भएको आरोप पनि लगाउनु भयो । अहिलेको सरकारले हिँसा मात्रै फैलाएको जनतालाई शान्ति र विकास दिन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न साम्प्रदायिक दंगा भड्कीएको छ, नेपाली जनतालाई भड्काउने खेल भईरहेको छ, तर सरकार कानमा तेल हालेर बसेको छ । हिँसा भड्काउने काम भईरहेको छ, नेपाली जनतामा मारामार गर्ने काम भईरहेको छ तर सरकार थाहा नपाएको जस्तो गरेर बसेको आरोप लगाउनु भयो । दुर्गम देशमा विभिन्न जातिय, भाषिक विविधता भएकाले यसलाई संरक्षण र विकास गर्नुपर्छ । यसलाई आपसी बैमनस्य र झगडाको बिउ बनाउनु हुँदैन ।’ उहाँले सामाजिक न्याय र सामाजिक सद्भाव कायम राख्दै, राष्ट्रिय एकता कायम गरेर जनता आफैले देशलाई विकसीत बनाउनु पर्ने पनि बताउनु भयो ।
शिक्षक गुरु लुइटेललाई तत्कालीन माओबादीले यातना सहित झुन्डयाएर मारिएको थियो । २०६० सालमा माओबादीले अपहरण गरि लुइटेललाई झुन्ड्याएर मारिएकोे थियो । अपहरण पश्चात २०६० साल असोज ७ गते विहान बरको रुखमा झुन्ड्याईएको अवस्थामा फेला पारेको पारिवारीक श्रोतले जनाएका छन् ।
तत्कालीन बरुणेश्वर गाउँविकास समिति हाल मोलुङ गाउँपालिका वडा नं २ स्थित रामपुर बजारमा मुलबाटो (अहिले सडक) मा रहेको बरको रुखमा झुन्ड्याएर मारिएको थियो । उक्त झन्ड्याइएको स्थानमा गुरु स्मृति पार्क स्थापना गरिएको छ । लुइटेललाई नेपाल सरकारले शहिद घोषणा समेत गरेको छ । उहाँको अर्धकदको सालिक सहित स्मृति पार्क निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको स्मृति पार्क एमाले अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गर्नु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच