बिपिएलमा बिक्री भएनन् नेपाली खेलाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बिपिएल) को खेलाडी ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टको अन्तिम सूचीमा नेपालका आठ खेलाडी समावेश रहेकामा सबै खेलाडी अनसोल्ड भएका हुन् । ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम भने सार्वजनिक भएको थिएन ।

ड्राफ्टमा ४४५ विदेशी खेलाडी समावेश रहेका थिए । यसअघि नेपालका सन्दीप लामिछानेले बिपिएलमा सहभागिता जनाउनुभएको थियो । १०औँ संस्करणको बिपिएलमा सात टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा कोमिल्ला भिक्टोरियन्स, डुराडान्टो ढाका, चित्तोग्राम च्यालेन्जर्स, खुल्ना टाइगर्स, रंगपुर राइडर्स, फोर्टुन बारिसल र सिलेट स्टाइकर्स सहभागी रहनेछन् । कोमिल्ला भिक्टोरियन्स ९औँ संस्करणको बिपिएल च्याम्पियन टोली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?