‘देखे जस्तो लाग्यो’ भन्दै शिव परियार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिव परियारको स्वरमा रहेको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक गरिएको छ । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत र दिनेश न्यौपानेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक परियारका अनुसारनेपालमा अझै १५ लाख बालबालिकाहरू श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशका लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको छ ।

भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । विकास लामिछाने, बिना राउतको साथमा बालकलाकार शास्वोत विक्रम शाही र सुरंगना शाहीको भिडियोमा अभिनय छ । गणेश शाहीले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?