काठमाडौं । चैतन्यले १२औँ प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । चैतन्य जुनियर ब्वाइज र सिनियर गल्र्समा विजयी भयो । जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङ्लिस स्कुल (केइएस) लाई ३७-११ ले पराजित गर्यो । चैतन्यको जितमा एलिस तामाङले २१ अंकको योगदान गर्नुभयो । सिनियर गल्र्समा अदिती चौधरीको चार अंक सहयोगमा चैतन्यले अल्वर्टलाई ६-२ ले हरायो ।
प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा स्वप्न वाटिकाले डेनेबलाई २१-१९, केइएसले सिर्जनशीललाई १०-५, सनसाइनले सिर्जनशीललाई ३२-८, सनसाइनले भद्रघलेलाई ३६-२२, काठमाडौं जेभियरले चैतन्यलाई २५-८, सूर्योदयले अक्षरलाई १२-७, स्पाङ्गलले लिभरपुललाई २६-१२, भद्रघलेले केइएसलाई ३२-३, हेम्सले अल्वर्टलाई ३०-२ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले एसियन पब्लिकलाई १९-७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा काठमाडौं जेभियरले एसियन पब्लिकलाई १०-८, हेम्सले अल्वर्टलाई १२-७, इनोभेटिभले स्पाङ्गललाई २२-१५ र लिटिल फ्लावरले एसियन पब्लिकलाई १५-१३ ले पन्छाए ।
सिनियर गल्र्समा सिर्जनशीलले काठमाडौं जेभियरलाई ९-८, लिभरपुलले डेनेबलाई ६-२, हेम्सले सूर्योदयलाई ८-६, लिभरपुलले सूर्योदयलाई ३-२, इनोभेटिभले भद्रघलेलाई १९-१२, हेम्सले डेनेबलाई ९-३ र एसियन पब्लिकले केइएसलाई २४-४ ले पाखा लगाए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच