इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ ।

इटालीका सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको शुक्रवार निधन भएको हो । उहाँ सन् २००६ मा राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सन् २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१५ स्वास्थ्य र उमेरका कारण राजिनामा दिनुभएको थियो ।

उहाँको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त हुनुभएको थियो । उहाँको निधनमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीदेखि अन्य राष्ट्रप्रमुखहरुले दुःख व्यक्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?