गुजरातको जितसँगै बेंगलोर प्रतियोगिताबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आइपीएल)को लिग चरणको अन्तिम खेलमा गुजरात टाईटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

गुजरातका ओपनर शुमन गिलको शतकमा घरेलु मैदान एम चेन्नास्वामीमा बेंगलोर ६ विकेटले पराजित भएको हो ।

बेंगलोरले दिएको १९८ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा गिलले ५२ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित १०४ रनको शतकीय ईनिङ्स खेले । आइपीएल करियरको दोस्रो शतक गिलले ५२ बलमा पूरा गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

बेंगलोरका लागि विराट कोहलीले ६१ बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १०१ रनको शतकीय ईनिङ्स खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । आइपीएल करियरको र्कीतिमानी सातौं शतक कोहलीले ६० बलमा पूरा गरेका थिए ।

जितसँगै गुजरातले १४ खेलमा १० जित र ४ हारसहित २० अंकका साथ लिगको समूह चरण सकाएको छ । गुजरातले प्लेअफको पहिलो क्वालिफायर खेलमा मंगलबार चेन्नाई सुपर किंग्सको सामना गर्नेछ ।

बेंगलोर पराजित हुँदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएको छ । बेंगलोरले १४ खेलमा ७ जित तथा ७ हारका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?